दक्षिण कोरियाले पोल्यान्डबाट ‘आत्मघाती ड्रोन’ किन्ने



दक्षिण कोरियाली सेनाले पोल्यान्डबाट साना पोलिश–निर्मित स्व–विनाशक ‘आत्मघाती ड्रोन’ खरिद गर्न सम्झौतामा हस्ताक्षर गरेको बताएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार ती ड्रोनलाई यसैभित्र अग्रिम पङ्क्तिक एकाइहरूमा तैनाथ गरिने छ ।

योनहाप समाचार एजेन्सीका अनुसार कम लागतका तर प्रभावकारी हतियारहरूले मुलुकको सेनालाई राम्रोसँग सुसज्जित गर्ने उद्देश्यले यो कदम चालिको हो । यसलाई उत्तर कोरियाले द्रुत रूपमा विकास गर्न खोजिरहेको छ ।


ग्येर्योङस्थित सैनिक मुख्यालयमा आयोजित पाँच दिने कोरिया सेना अन्तर्राष्ट्रिय रक्षा प्रदर्शनको अवसरमा पोलिश रक्षा कम्पनी डब्लुबी इलेक्ट्रोनिक्स एसएसँग उक्त सम्झौतामा हस्ताक्षर गरिएको थियो ।

दक्षिण कोरियाले नोभेम्बरमा वारमेट ड्रोनहरूको ढुवानी सुरु गर्ने र तिनीहरूलाई यस वर्षको अन्त्यसम्ममा तैनाथ गर्ने योजना बनाएको योनहापले बताएको छ ।

“हामीले कुन ड्रोनहरू छिटो ढुवानी गर्न सकिन्छ भनेर व्यापक खोजी गर्यौँ र पोलिश ड्रोनहरू मात्र एक जवाफ थियो”, दक्षिण कोरियाली मन्त्रालयका एक अधिकारीले भने । उनले पोल्यान्डले रुससँगको युद्धमा युक्रेनलाई लगातार यस्ता ड्रोनहरू आपूर्ति गरेको बताए ।

योनहापका अनुसार लोइटरिङ गोलाबारुद पनि भनिने आत्मघाती ड्रोनहरू आधुनिक युद्धमा महत्त्वपूर्ण हतियारका रूपमा उदाएका छन् किनकि तिनीहरू तुलनात्मक रूपमा कम लागतमा ट्याङ्क र अन्य लक्ष्यहरूमा आक्रमण गर्न सक्छन् ।

अगस्टमा उत्तर कोरियाली नेता किम जोङ–उनले विभिन्न ड्रोनहरूको परीक्षणको निरीक्षण गर्दै र युद्धका लागि राम्रोसँग तयार हुन थप आत्मघाती ड्रोनहरूको विकास र उत्पादनको आह्वान गरेका थिए ।

उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले दुईवटा सेतो आत्मघाती आक्रमणकारी ड्रोनले दक्षिण कोरियाली के–२ ट्याङ्क जस्तो देखिने एउटा नक्कली लक्ष्यमा प्रहार गरी नष्ट गरेको तस्बिरहरू जारी गरेको थियो । उत्तर कोरियाले त्यस्ता ड्रोनहरूको तस्बिर सार्वजनिक गरेको यो पहिलो पटक थियो ।

पोल्यान्डले सन् २०२२ मा दक्षिण कोरियाली रक्षा कम्पनीहरूसँग के२ ट्याङ्क, के९ स्व–चालित तोप र चुनमु बहु रकेट लन्चरसहित विभिन्न हतियार प्रणाली खरिद गर्न सम्झौताहरूमा हस्ताक्षर गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here