ठाकुर विपक्षी दलको बैठकमा पुगेपछि सत्ता गठबन्धनमा तरंग



काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर विपक्षी दलहरुको बैठकमा सहभागी छन् । ठाकुरको पार्टी सरकारमा छ । तर, विपक्षी दलका नेता पुष्पकमल दाहालले आह्वान गरेको विपक्षी दलहरुको बैठकमा भने ठाकुर पनि समावेश भएका छन् । यो विषयले प्रधानमन्त्री केपी शर्मा ओली असन्तुष्ट बनेका छन् ।

उनी नेतृत्वको क्याविनेटमा लोसपाका शीर्ष नेता शरदसिंह भण्डारी श्रममन्त्री बनेका छन् । तर, सरकारमा हुँदापनि ठाकुरले भने प्रचण्डले बोलाएको बैठकमा सहभागी जनाएर सरकारप्रतिको असन्तुष्टि पोखेको चर्चा सुरु भएको छ । रास्वपाका सभापति रवि लामिछानेलाई पक्राउ गर्ने विषयले कांग्रेस र एमालेबीच खटपट सुरू भएको छ ।


कांग्रेस सभापति शेरबहादुर देउवाले लामिछानेलाई हिजै पक्राउ गर्न प्रधानमन्त्री ओलीसामू दबाब दिएका थिए । त्यसमा प्रधानमन्त्री ओली अनिच्छुक देखिएपछि देउवाकै सहमतिमा प्रचण्डले विपक्षी दलहरुको बैठक बोलाएको उच्च स्रोतको दाबी छ। कांग्रेस सभापति देउवाले ओलीको विकल्प खोज्नेगरि गृहकार्य थालेका छन् । उनी आफ्नै नेतृत्वमा सरकार बनाउन चाहन्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here