चीनले युरोपेली सङ्घबाट आयात हुने ब्रान्डीमा लगाएको नियमविरुद्ध ईयूले डब्ल्यूटीओमा उजुरी दिने



ब्रसेल्स । युरोपेली सङ्घ(ईयू) ले मङ्गलबार सङ्घबाट आयात हुने ’ब्रान्डी’मा ’एन्टि–डम्पिङ’ उपाय लगाउने चीनको कदम विरुद्ध विश्व व्यापार सङ्गठन (डब्ल्यूटीओ)मा चुनौती दिने बताएको छ ।

युरोपेली आयोगले चिनियाँ निर्मित विद्युतीय सवारी साधनमा भारी अतिरिक्त आयात शुल्क लगाएपछि बेइजिङको यो कदम ब्रसेल्स विरुद्ध “जस्तालाई त्यस्तै” व्यवहारको उपाय जस्तो देखिएको छ ।


“ईयूबाट आयात हुने ब्रान्डीमा चीनले लगाएको अस्थायी एन्टिडम्पिङ उपाय विरुद्ध युरोपेली आयोगले विश्व व्यापार सङ्गठनमा उजुरी दिनेछ”, आयोगका व्यापार प्रवक्ता ओलोफ गिलले एक विज्ञप्तिमा भने ।

“यी उपायहरू निराधार रहेको हामी विश्वस्त छौँ र हामी व्यापार रक्षा उपकरणको दुरुपयोग विरुद्ध ईयूको रक्षा गर्न कटिबद्ध छौं”, गिलले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here