काठमाडौंको भृकुटीमण्डपमा कात्तिक २१ देखि २५ गतेसम्म अतिरुद्र विश्वकल्याण विराट महायज्ञ हुने



काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा कात्तिक २१ देखि २५ गतेसम्म राष्ट्रको दिगो शान्ति र समृद्धिका लागि अतिरुद्र विश्वकल्याण विराट महायज्ञ हुने भएको छ ।

नेपाल महर्षि वैदिक फाउण्डेशनको आयोजनामा महायज्ञ हुन लागेको हो । पत्रकार सम्मेलनमा पूर्वगृहराज्यमन्त्री तथा फाउन्डेसनका अध्यक्ष दीपकप्रकाश बास्कोटाले स्वर्ण महोत्सवका कार्यक्रमहरू ऐतिहासिक र स्मरणीय रहने बताए ।


कार्यक्रम तालिका अनुसार कार्तिक २१ गते महर्षि महेश योगी नेपाल आगमनको स्वर्ण महोत्सवको समुद्घाटन तथा नेपालका मौलिक साँस्कृतिक झाँकी तथा १०८ शंखघण्टसहित भद्रकाली, शहीदगेट, रत्नपार्क हुँदै शोभायात्रा हुने र महोत्सवको समुद्घाटनमा १०८ दीप प्रज्ज्वलनसहित कन्यापुजन पनि गरिनेछ।

कार्तिक २२ – २४ गते ३ दिनसम्म वैदिक विज्ञान तथा आधुनिक विज्ञान दोस्रो महासम्मेलन हुनेछ। त्यसैगरी कार्तिक २२ गतेदेखि २५ गतेसम्म १,१११ वैदिक वटुक तथा पण्डितद्वारा अतिरुद्र विश्वकल्याण विराट महायज्ञ र कार्तिक २२ गतेदेखि २५ गतेसम्म हरेक दिन बिहान तथा बेलुका योग र ध्यान कार्यक्रम सञ्चालन हुनेछन् ।

सन्त महात्मा तथा विशिष्ट व्यक्तित्त्वहरूबाट आध्यात्मिक एवं दार्शनिक प्रवचन, हरेक साँझ भागवत कथासारको प्रवचन, महर्षि महेश योगीद्वारा तात्कालीन समयमा एयरफोनमार्फत् भावातीत ध्यान सिक्ने जीवित ध्यानीहरूलाई सम्मान पनि गरिनेछ ।

महायज्ञका खास आकर्षण तथा विशेषताहरूमा अतिरुद्राभिषेक,विभिन्न वैदिक सूक्त तथा स्तोत्रहरूको पाठपारायणहरूको श्रवण गर्ने अपूर्व अवसर, प्राचीन वैदिक महायज्ञ दर्शनको सुवर्ण अवसर,सन्त महात्मा तथा विशिष्ट व्यक्तित्वहरूबाट आध्यात्मिक एवं दार्शनिक प्रवचन,वैदिक विज्ञान सम्बन्धी ज्ञान हासिल गर्ने अवसर,भावातीत ध्यान तथा सिद्धि साधक वैदिक बटुक पण्डितहरूद्वारा गरिने वैदिक अनुष्ठानको दर्शन आदि रहने बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here