कांग्रेसको विपन्न उत्थान समन्वय विभागमा १० सदस्य मनोनीत



काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विपन्न उत्थान समन्वय विभागमा १० सदस्य मनोनीत गरेका छन् । उनले पार्टीका केन्द्रीय सदस्य डा गोपाल दहित प्रमुख रहनुभएको उक्त विभागमा विधानको व्यवस्थाबमोजिम आज सदस्य मनोनयन गरेकाे मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

विभागमा रामनारायण कठरिया महतो, रामदत्त जोशी (लेकुडा), हेमलाल पाण्डे, दीपकराज तिमिल्सिना, ठाकुरप्रसाद भुसाल, श्यामकुमार बुढा, उपेन्द्रराज सिग्देल, श्रवणराज मैनाली, सीतादेवी सापकोटा (फुयाल) र प्रह्लादकुमार कामतलाई मनोनीत गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here