एक बोतल पानी सय रुपियाँमा बेच्दा ….



कास्की । तोकिएको अधिकतम खुद्रा मूल्य रु. २० को पानीको बोतल रु. एक सयमा बेचेपछि जिल्ला प्रशासन कार्यालयले पोखरा-६ बैदामस्थित द वल्ड लान हुआ रेष्टुरेन्ट एण्ड बारलाई रु. दुई लाख जरिवाना गरेको छ । 

पानी प्रशोधन कम्पनीले तोकेको अधिकतम मूल्य भन्दा बढी मूल्य लिई बिक्री गरेको पाइएपछि उपभोक्ता संरक्षण ऐनबमोजिम कारबाही उक्त रेस्टुरेन्टलाई गरिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले बताए । सोही स्थानका एक ग्राहकले रु. २० पर्ने एक बोतल मिनरल वाटर रु. एक सय तिरेको बिलसहित प्रशासनमा सिकायत गरेका थिए ।


स्थानीय प्रशासनले सो रेष्टुरेष्टलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ को खण्ड ८ बमोजिमको कसुर गरेको देखिएकाले सोही ऐनको दफा ३९ को उफदफा १ को खण्ड (ख) बमोजिम जरिवाना गरिएको जनाएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here