इरान इजरायली हमलाको जवाफ दिने योजनामा



तेहरान । इरानले सम्भावित इजरायली आक्रमणको जवाफ दिने योजना तयार पारेको इरान सञ्चारमाध्यमले आइतबार जनाएका छन् ।

“इजरायलद्वारा सम्भावित आक्रमणको आवश्यक प्रतिक्रियात्मक योजना पूर्ण रूपमा तयार गरिएको छ”, सशस्त्र सेनाको सुचना उदृत गर्दै तस्निम समाचार एजेन्सीले बताएको छ ।


इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आइआरजिसी)ले मङ्गलबार तेहरानसँग सम्बद्ध समूहका नेताहरू आक्रमणमा मारिएको प्रतिशोधमा इजरायलमा करिब २०० वटा मिसाइल आक्रमण गरेको थियो ।

“यदि इजरायलले आक्रमण गर्यो भने इरानले प्रतिआक्रमण गर्नेछ भन्नेमा कुनै शङ्का हुनेछैन”, तस्निमले जनायो ।

बेरुतमा इजरायली हवाई आक्रमणमा हिजबुल्लाह प्रमुख हसन नसरल्लाह र आइआरजिसीका शीर्ष जनरल अब्बास निलफोरोसन हत्याको बदलामा मङ्गलबार इरानले इजरायलमाथि दोस्रो प्रत्यक्ष मिसाइल आक्रमण गरेको हो ।

विदेशमन्त्री अब्बास अराघचीले शनिबार इजरायली आक्रमणको बदलामा इरानले आनुपातिक वा अझै कडा प्रतिक्रिया दिनसक्ने चेतावनी दिएका थिए ।

इरानको तेल सुविधा जस्ता महत्त्वपूर्ण स्थललाई लक्षित गर्ने सम्भावित इजरायली हवाई आक्रमणको चिन्ताका बीच इरानका तेलमन्त्री मोहसेन पाकनेजादले आइतबार खार्ग टापूमा रहेको एउटा तेल सुविधाको भ्रमण गरेका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार इजरायललाई विश्वको १० सबैभन्दा ठूलो तेल उत्पादकमध्ये एक इरानको तेल साइटलाई लक्षित आक्रमण नगर्न सल्लाह सुझाव दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here