इरानमा इजरायलको हमलापछि संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठक बस्दै



एजेन्सी । इजरायलले इरानमा गरेको जवाफी हमलापछि सोमबार संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठक बस्ने भएको छ । 

इरानले शनिबार बिहान इजरायलले आफ्नो विरुद्ध प्रत्यक्ष हमला गरेर अन्तर्राष्ट्रिय कानूनको उल्लंघन गरेको दाबी गर्दै सुरक्षा परिषद्को बैठकको लागि अनुरोध गरेको थियो।


संयुक्त राष्ट्रमा इरानको स्थायी मिशनले इजरायलको कार्य “इरानको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको गम्भीर उल्लङ्घन“ र “अन्तर्राष्ट्रिय कानून र संयुक्त राष्ट्रको बडापत्रको स्पष्ट उल्लङ्घन“ भएको  भनेको छ ।

संयुक्त राष्ट्रका लागि इजरायलका राजदूत ड्यानी ड्याननले  इरानको अनुरोध इजरायललाइृ अझ नोक्सान गर्ने अर्को प्रयास भएको बताएका छन् । उनले  इजरायलको आफ्नो रक्षाको इरानसँग लडेरै छाडेने बताए । डाननले इजरायलले अन्तर्राष्ट्रिय कानूनको उल्लंघन गरेको भन्ने इरानको दाबी हास्यास्पद भएको बताए ।

राजदूत ड्याननले जबसम्म इरानले इजरायललाई धम्की दिने र हानि गर्ने प्रयास गरिरहन्छ, तवसम्म इरानले त्यसको मूल्य चुकाउने पनि बताएका छन् । गत अक्टोबर १ मा इरानले इजरायलमाथि लामो दुरीका रकेट प्रहार गरेको थियो । तर त्यसलाई इजरायलले आकाशमै रोकेको थियो । त्यसको जवाफ स्वरुप इजरायलले इरानमाथि आक्रमण गरेको हो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here