इजरायली हवाई आक्रमणमा लेबनानमा ११ जनाको मृत्यु



बेरुत । लेबनानमा इजरायली हवाई हमलामा सोमबार लेबनानी नागरिक रक्षाका ११ सदस्यको मृत्यु भएको छ ।

दक्षिणी लेबनानको बाराचित सहरमा रहेको इस्लामिक स्वास्थ्य प्राधिकरणको केन्द्रलाई लक्षित गरी भएको इजरायली हवाई आक्रमणमा सिभिल डिफेन्सका १० सदस्यको मृत्यु भएको  नागरिक सुरक्षा स्रोतले बताएको छ ।


स्रोतका अनुसार पीडितहरूको शव दक्षिणी लेबनानको नाबातिह सहरको अस्पतालमा सारिएको छ ।

साथै, पूर्वी लेबनानको कलिया सहरमा रहेको एउटा घरलाई लक्षित गरी भएको इजरायली हवाई आक्रमणमा एक नागरिकको मृत्यु भएको र तीन जना घाइते भएको लेबनानी रेडक्रसको स्रोतले बताएको छ ।

सेप्टेम्बर २३ देखि इजरायली सेनाले लेबनानमा गहन आक्रमण गरेको छ । यसको परिणामस्वरूप कम्तीमा दुई हजार जनाको मृत्यु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here