आजदेखि तीन दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइने



काठमाडौँ । सरकारले तीन दिन राष्ट्रिय शोकको घोषणा गरेको छ । बाढीपहिरो र डुबानबाट भएको जनधनको क्षतिप्रति दुख व्यक्त गर्दै सरकारले राष्ट्रिय शोक घोषणा गरेको हो ।

सोमबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्‌को बैठकले मंगलबारदेखि तीन दिन राष्ट्रिय शोक घोषणा गर्ने निर्णय गरेको हो ।


बैठकले तीन दिन राष्ट्रिय शोकको घोषणा गरी राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here