स्थानीय तह उपनिर्वाचन: मंसिर २ मा उम्मेदवारी दर्ता, १६ गते मतदान



काठमाडौं । आसन्न स्थानीय तह उपनिर्वाचनका लागि आगामी मंसिर २ गते उम्मेदवारी दर्ता हुने भएको छ । मंसिर २ गते बिहान १० बजेबाट साँझ ५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुने कार्यक्रम रहेको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाले जानकारी दिए ।

उनका अनुसार सोही दिन बेलुका ५ बजेदेखि ६ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन हुनेछ। यसैगरी उम्मेदवारको विरोधमा उजुरी दिने अवधि मंसिर ३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुने सापकोटाले जानकारी दिए। सोही दिनको दिउँसो ३ बजेदेखि मंसिर ४ गते बेलुका ५ बजेभित्र मनोनयनपत्र र उजुरी उपर जाँचबुझ एवम् निर्णय गरी नामावली प्रकाशन गरिने सापकोटाको भनाइ छ ।


यसैगरी मंसिर ५ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिनेछ भने सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । यसैगरी दिउँसो ३ बजेदेखि ५ बजेभित्र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको उनले बताए।

निर्वाचन कार्यक्रम अनुसार मंसिर १६ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ । मतदान शुरु हुनुभन्दा अठचालिस घण्टा अगाडि अर्थात मंसिर १३ गते राति १२ बजे पछि प्रचारप्रसार निषेध अवधि लागू हुने आयोगले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here