सुन्दरीजलको बोक्सेदहमा महिलाको हत्या, दुई आरोपी पक्राउ



काठमाडौं । काठमाडौं सुन्दरीजलमा महिला हत्याको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । भदौ २० गते बिहान ९ः ४५ बजेको समयमा गोकर्णेश्वर नगरपालिका–१ को सुन्दरीजलको बोक्सेदहमा ढुंगामा च्यापिएको अवस्थामा भेटिएकी महिलाको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

सिराहा घर भई काठमाडौं महानगरपालिका–३ बसुन्धारा बस्दै आएकी राम दुलारीको हत्या भएको हो । प्रहरीले महिला हत्याको आरोपमा सर्लाही चक्रघट्टा गाउँपालिका–३ बस्ने ४० वर्षीय रामविनय महरा र बसगरिया गाउँपालिका–५ घर भई बसुन्धारा बस्ने २४ वर्षीय सन्तोष राम महरालाई पक्राउ गरेको छ ।


जिल्ला प्रहरी परिसर र प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले घटनास्थलमा अनुसन्धान गर्दा शंकास्पद देखिएपछि उनीहरु पक्राउ परेका परिसरले जनाएको छ । हालसम्म मृतकको परिवार आफन्त सम्पर्कमा नआएका र सम्पर्कमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here