सुनको मूल्यमा पुनः नयाँ कीर्तिमान



काठमाडौँ । आइतबार सुनको मूल्यले पुनः नयाँ कीर्तिमान कायम गरेको छ । लगातार वृद्धि हुँदै आएको सुनको मूल्यमा आइतबार भएको वृद्धिपछि हालसम्मकै उच्च मूल्य कायम भएको हो । अन्तर्राष्ट्रिय बजारमा पनि लगातार सुनमा मूल्य वृद्धि हुँदा त्यसको प्रभाव स्थानीय बजारमा परेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार तोलामा एक हजार सात सय रुपैयाँले वृद्धि भएको छ । शुक्रबार प्रतितोला एक लाख ५७ हजार एक सयमा कारोबार भएको छापावाला सुन आइतबारका लागि एक लाख ५८ हजार आठ सय निर्धारण भएको छ । असोज १ गतेको तुलनामा आजको मूल्यसूची अनुसार छापावाला सुन तोलामा दुई हजार एक सयले वृद्धि भएको छ ।


यस्तै, चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले वृद्धि भएको छ । शुक्रबार प्रतितोला एक हजार नौ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने एक हजार नौ सय २० रुपैयाँ निर्धारण भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here