सप्तरीको कञ्चनरुप क्षेत्रका एक हजार घर डुबानमा



सप्तरी । अविरल वर्षाका कारण सप्तरीको कञ्चनरुप नगरपालिकामा करिब एक हजार घर डुबानमा परेका छन् ।

नगरपालिका-१, बैरवामा वर्षाका कारण २८ घरमा पूर्ण क्षति भएको छ भने करिब सात सय घर डुबानमा परेका छन् । वर्षाका कारण स्थानीय रफिद मंसुरीको घर र भान्सा भत्किएको छ । स्थानीय सामाजिक अभियन्ता भोला पासवानकानुसार यहाँ सात सय घर प्रभावित भएका छन् । यहाँका सरदार, खङ्ग, राम, मुस्लिम तथा यादव टोल डुबानमा परेका उनले बताए ।


यस्तै, कञ्चनरुप नगरपालिका-२ स्थित यादव बस्ती र मुस्लिम बस्तीका करिब सय बिघा जमिनमा लगाइएको धानबाली नष्ट गरेको छ । त्यहाँ करिब तीन सयभन्दा बढी घरमा पानी पसेको स्थानीय मोइम शेखले जानकारी दिए । यी ठाउँमा कोशी नदी, सुन्दरी खोला तथा मोहुली नदीमा आएको बाढी पसेको जनाइएको छ ।

जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिकाको कार्यालयसमेत डुबानमा परेको छ । कार्यालयको परिसर तथा विभिन्न कोठामा पानी पसेको प्रमुख प्रशासकीय अधिकृत किशोर रामले जानकारी दिए। कार्यालय डुबानमा परेपछि दैनिक कामकाज प्रभावित भएको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here