सन् २०२४ मा अल्जेरियाबाट २० हजार आप्रवासी नाइजर फिर्ता



अल्जेरियाले जनवरीदेखि अहिलेसम्ममा उप–सहारा अफ्रिकाका करिब २० हजार आप्रवासीलाई छिमेकी मुलुक नाइजरमा फर्काएको नियामीस्थित गैरसरकारी संस्था (अलार्म फोन सहारा) ले जानकारी दिएको छ ।

सन् २०१४ देखि महिला र बालबालिकालगायत अनियमित आप्रवासीलाई अल्जेरियाले पटकपटक फिर्ता गरेको छ । भूमध्यसागर पार गरेर युरोप जाने प्रयास गर्नेहरूका लागि अल्जेरिया प्रमुख ‘ट्रान्जिट प्वाइन्ट’ हो।


अल्जेरिया र नाइजरको विशाल मरुभूमिमा आप्रवासीको उद्धार गर्ने अलार्म फोन सहाराले जनवरीदेखि अगस्टसम्म १९ हजार ७९८ जनालाई घर फर्काएको संस्थाका सदस्य मोक्तार डान यायेले जानकारी दिए ।

आप्रवासीहरूलाई अक्सर ‘क्रूर अवस्थामा सबैभन्दा खराब अवस्थामा, घातक परिणामहरूको साथ’ देश निकाला गरिन्छ, गैरसरकारी संस्थाले अगस्टको अन्त्यमा प्रकाशित एक रिपोर्टमा भनिएको छ ।

“आप्रवासीहरू शहरमा वा ट्युनिसियाको सीमामा बस्ने वा काम गर्ने ठाउँमा छापा मार्ने क्रममा पक्राउ पर्छन् र नाइजरतर्फ ट्रकमा लैजानुअघि दक्षिणी अल्जेरियाको तमानरासेटमा जम्मा हुन्छन्,“ यायेले भन्ने ।

त्यसपछि नाइजेरियालीहरूलाई सीमापारिको पहिलो एल्जेरियाली गाउँ आसमाकामा लगिन्छ, जहाँ उनीहरूलाई स्थानीय अधिकारीहरूले जिम्मा लिन्छन् ।

अन्य केहीलाई भने अल्जेरिया र नाइजरको सिमानामा पर्ने मरुभूमि क्षेत्र ’पोइन्ट जिरो’मा छोडिएको छ। त्यहाँबाट अत्यधिक तापक्रममा १५ किलोमिटर पैदल हिँडेर आसमाका पुग्नुपर्ने बाध्यता रहेको यायेले बताए ।

“आसामाकामा नाइजेरियाली आप्रवासीहरूको जिम्मा लिएपछि संयुक्त राष्ट्रसङ्घ र इटालियन अस्थायी आवास केन्द्रहरूमा राखिएको छ र त्यसपछि उनीहरूलाई उत्तरी नाइजरका अन्य केन्द्रहरूमा सारिएको छ,” उनले भने ।

उनले भने “हामीले आप्रवासीहरूबाट दुब्र्यबहार, हिंसा र अल्जेरियाली सेनाद्वारा उनीहरूको सामान जफत गरिएका धेरै कथाहरू सुनेका छौँ।’

गत वर्ष सत्तासम्हालेको नाइजरको जुन्टाले गत अप्रिलमा नियामीका लागि अल्जेरियाका राजदूतलाई बोलाएर स्वदेश फिर्ती अभियान र निर्वासनको ‘हिंसात्मक प्रकृति’को विरोध गरेको थियो । अल्जीयर्सले नियामीका दूतलाई फोन गरेर आरोपलाई ‘आधारहीन’ भन्दै खण्डन गरेको छ ।

नाइजरले सन् २०१५ को नोभेम्बरमा आप्रवासी मानव बेचबिखनलाई अपराधीकरण गर्ने कानुन खारेज गरेयता ‘प्रतिशोधको डर बिना’ धेरै मानिस आप्रवासन मार्गमा पहिलेजस्तै निर्वाध रूपमा हिँडडुल गरिरहेका छन्