वेब सिरिज ‘घर बट इन अमेरिका’ को टिजर सार्वजनिक



काठमाडौं । वेब सिरिज ‘घर बट इन अमेरिका’ को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा नेपालबाट छोरी भेट्न अमेरिका पुगेका अभिभावक र लिभ-इन रिलेशनसिपमा रहेकी छोरीको कथा समेटिएको छ ।

विमलेश अधिकारी निर्देशित यस सिरिजको पटकथा तथा संवाद विवेक चम्लागाईंले लेखेका छन् । सिचुएशनल कमेडी–ड्रामा विधामा निर्माण भएको यस सिरिजमार्फत अभिनेत्री अरुणिमा लम्सालले १० वर्षपछि कमब्याक गरेकी छन्।


सिरिजमा अरुणिमासँगै विमलेश अधिकारी, राधाबाबु लम्साल, खेम शर्मा, आशिष दाहाल, र रोजिना थापा मुख्य भूमिकामा छन् । फिल्मको सम्पूर्ण छायाङ्कन संयुक्त राज्य अमेरिकामा गरिएको हो ।

https://youtube.com/watch?v=MEH2gGqUMeM%3Fsi%3Dbmu4xL5s3f3nwMyI