विराटनगरमा खानेपानीको पाइपलाइन विस्तार परीक्षण सुरु



विराटनगर । विराटनगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने उद्देश्यका साथ विराटनगर–८ बाट पाइपलाइन विस्तार परीक्षण सुरु गरिएको छ । जापान सरकार (जाइका)को आर्थिक अनुदान सहयोगमा विराटनगरमा बृहत्तर खानेपानी परियोजना सञ्चालन हुँदैछ ।

उक्त परियोजनाको लागत रु दुई अर्ब ५४ करोड छ । परियोजनाका इन्जिनियर अरविन्द कर्णका अनुसार परीक्षणका क्रममा दुई–तीन वटा पाइप बिछ्याएर पुरिनेछ । त्यसपछि आवतजावतमा समस्या हुने नहुने, पाइपको सुरक्षाको अवस्थालगायत तोकिएको मापदण्ड हेरिनेछ ।


सबै परीक्षण पूरा गरेपछि औपचारिक रुपमा पाइपलाइन विस्तार गरिने कर्णले जानकारी दिए । जाइकाको खानेपानी परियोजना छिटो सम्पत्र गरी शुद्ध खानेपानी प्रयोग गर्न वडावासी आतुर रहेको वडा नं ८ का वडाध्यक्ष राम पोखरेलले बताए । महानगर प्रमुख नागेश कोइरालाले विराटनगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने प्रतिबद्धता छिट्टै पूरा हुने बताए ।

विराटनगरमा खानेपानी संस्थान अन्तर्गतका संरचनाको सुधार गर्ने, खानेपानीका ‘ओभरहेड’ ट्याङ्की, पाइपलाइन र फिल्टरहरू थप गर्ने योजनाअनुसार खानेपानी सुधार आयोजना सञ्चालनमा ल्याइने जनाइएको छ । उक्त आयोजना सन् २०२६ सम्ममा सम्पत्र गर्ने लक्ष्य लिइएको छ । खानेपानी आयोजनाले एक लाखभन्दा बढी महानगरवासी लाभान्वित हुनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here