विपद् व्यवस्थापनका लागि हातेमालो गरौँ : गृहमन्त्री लेखक



अन्नपूर्ण (कास्की)। गृहमन्त्री रमेश लेखकले विपद् व्यवस्थापनका लागि सबैले हातेमालो गर्न जरुरी रहेको बताएका छन् । कास्कीको पोखरास्थित पुरानो पोखरा विमानस्थलमा विश्वखाद्य कार्यक्रम (डब्लुएफपी)ले निर्माण गरेको आपत्कालीन गोदाम घरको उद्घाटन कार्यक्रममा बुधबार उनले विपद्मा मिलीजुली अगाडि बढ्नुपर्ने बताए । मौसमको खराबीका कारण पोखरा आउन नसकेपछि गृहमन्त्री लेखकले गोदामघरको भर्चुअल रूपमा उद्घाटन गरेका थिए । 

‘विपद् व्यवस्थापनको कार्यमा हामीले एकअर्कालाई सहयोग गर्नका लागि मिलीजुली अगाडि बढ्नुपर्छ’, उनले भने, ‘यस कार्यका लागि तीनैतहका सरकार, विकास साझेदार निजीक्षेत्र र मानवीय सहायताका क्षेत्रमा काम गर्ने सङ्घसंस्था पुनःस्थापना, पुनःनिर्माणको चरणमा एक भएर अघि बढौँ । सम्भावित क्षति न्यूनीकरणका लागि हातेमालो गरौँ ।’


जलवायु परिवर्तनबाट सिर्जित नकरात्मक प्रभावले गर्दा नेपालमा क्षतिको परिणाम बढ्दै गृहमन्त्री लेखकले बताए । सरकारले आपतकालीन गोदामघर व्यवस्थापन कार्यविधि जारी तयारी गरिरहेको उनले बताए ।

पोखरामा गोदाम घरमा स्थापनापछि तीन तहको सरकार, मानवीय सहायता कक्षमा कार्य गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरू भण्डारण र वितरणमा जवाफदेही बन्नेमा उनले विश्वास व्यक्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here