लेबनानमा पेजर विस्फोट हुँदा ९ जनाको मृत्यु



बीबीसी । सशस्त्र समूह हिजबुल्लाहका सदस्यले बोकेको पेजर विस्फोट हुँदा लेबनानमा ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हिजबुल्लाहका आठ लडाकूसमेत छन् ।

राजधानी बेरुत लगायतका स्थानमा भएका विस्फोटमा लेबनानाका लागि इरानी राजुदूत सहित २८ सय जना घाइते भएका छन् । हिजबुल्लाहले यसको आरोप इजरायल माथि लगाएको छ।


७ अक्टोबरका दिन हमासले इजरायलमा आक्रमण गरेयता इजरायल र लेबनानको सीमा क्षेत्रमा दैनिक झडप भएको थियो । हिलबुल्लाह समूहले मोबाइल र इन्टरनेट ट्रयाकको जोखिमले पेजर प्रयोग गर्ने गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here