लुम्बिनी प्रदेशः चार दिनमा विपदबाट एक करोड ४३ लाख बरावरको क्षति



दाङ । लुम्बिनी प्रदेशमा वितेको चार दिनमा बाढी, पहिरो तथा डुबानबाट एक करोड ४३ लाख रुपैयाँ बराबरको क्षति भएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार विपद्का ३२ वटा घटना एक करोड ४३ लाख बराबरको क्षति भएको छ। असोज ११, १२, १३ र १४ गतेको अवधिमा ३२ वटा विपदका घटना घटेका छन्। यो अवधिमा अधिक बर्षा, पहिरो, बाढी तथा डुबानका घटना घटेका हुन्।

विपदमा परेर ३ जनाको मुत्यु, २ जना घाईते र एक जना वेपत्ता भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी गंगाधर पाण्डेले जानकारी दिए। बाढीमा परेर रुपन्देहीमा दुई जना र पानीमा डुबेर बाँके जिल्लामा एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।


यो अवधिमा १९ वटा घर भत्किएका छन् भने एक सय ६८ वटा घरमा आंशिक क्षति भएको छ। ३ वटा सरकारी भवनमा आंशिक क्षती पुगेको छ। ७ वटा गोठमा पनि क्षती पुगेको जनाइएको छ। लुम्बिनी प्रदेश सरकारले प्राकृति विपदको सम्भावित घटनाबाट हुन सक्ने क्षतिलाइ कम गर्न मातहतका निकायलाई तयारी अवस्थामा रहन निर्देशन जारी गरेको थियो। लुम्बिनी प्रदेशमा चार दिनको अवधिमा तुलनात्मक रुपमा क्षति कम भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here