लिपुलेक र कालापानी भारतको हो भन्ने मेटमणिलाई देशद्रोहको मुद्दा लगाउन एमालेको माग



काठमाडौं । नेकपा एमालेका सांसद सूर्यप्रसाद ढकालले नेकपा एकीकृत समाजवादीका उपमकहासचिव मेटमणि चौधरीलाई देशद्रोहको मुद्दा लगाउन माग गरेका छन् ।

सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै ढकालले नेपालले प्रतिनिधि सभाले सर्वसम्मत रुपमा पारित गरेको चुच्चे नक्साको मर्म विपरित लिपुलेक र कालापानी नेपालको भूभाग नभएर भारतको हो भनेर अभिव्यक्ति दिएको भन्दै उनलाई कारबाही गर्न माग गरेका हुन् ।


“यो राष्ट्रिय विरोधी अभिव्यक्तिलाई राज्यले कसरी लिन्छ रु सदनले यसलाई गम्भीर रूपमा लिनुपर्छ । सदनले छानबिन गरोस् । यो विषय हल्का रूपमा उठाइएको होइन देशद्रोहको मुद्दा लगाउनुपर्छ ” उनले भने ।

पूर्व मन्त्रीसमेत रहेका चौधरीले भदौ २५ गते प्राइम टाईम्स टेलिभिजनको जनता जान्न चाहान्छन् कार्यक्रममा अन्तरवार्ता दिने क्रममा लिपुलेक र कालापानी लगायतका भूभागमा भारतको दाबी पुग्ने अभिव्यक्ति दिएका थिए । सो अभिव्यक्तिको चौतर्फी विरोध भएपछि उनलाई पार्टीले समेत प्रष्टीकरण सोधेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here