यस्ता छन् मन्त्रिपरिषद बैठकका १८ निर्णय



काठमाडौं । गत बिहीबार बसेको मन्त्रिपरिषद बैठकले विभिन्न निर्णय गरेको छ । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गरेका हुन् ।

बैठकले ल्हासा, ग्वान्जाओ र कोलकाताका लागि महावाणिज्यदूत नियुक्त नियुक्त गरेको छ । सहसचिवहरू झक्कप्रसाद आचार्यलाई कोलकाता, भरत खनाललाई ग्वान्जाओ र लक्ष्मीप्रसाद निरौला ल्हासाका लागि महावाणिज्यदूत नियुक्त भएका हुन्।


बैठकले एकनारायण अर्याललाई मुख्य सचिवमा नियुक्ति गरेको छ भने दिनेश डिसीलाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको छ ।

यस्तै, बैठकले बहुक्षेत्रीय घोषणा पोषण योजना सहायता कार्यक्रम तेस्रो चरण कार्यान्वयनका लागि युरोपियन युनियनबाट प्राप्त हुने २३ मिलियन युरो र युनिसेफबाट प्राप्त हुने २ मिलियन युरो गरी जम्मा २५ मिलियन युरो करीव तीन अर्ब ६७ करोड ४७ लाख बराबरको अनुदान सहायता सूचिकृत गर्ने निर्णय गरेको छ ।

साथै मन्त्रिपरिषद् बैठकले ज्यान मार्ने उद्योग मुद्दाको पीडित बिन्धवासिनी कंसकारको उपचारमा खर्च भएको रकममध्ये फैसला बमोजिम मासिक क्षतिपूर्ति रकम उपलव्ध गराउने र उक्त रकम प्रतिवादीबाट असुलउपर गरी पीडित राहत कोषमा उपलब्ध गराउन व्यवस्था मिलाउने पनि निर्णय गरेको छ ।