मलेसियाका लागि प्रस्तावित राजदूत तिमिल्सिनाले पेश गरे कार्ययोजना



काठमाडौं । मलेसियाका लागि प्रस्तावित राजदूत डा. नेत्रप्रसाद तिम्सिनाले संसदीय सुनुवाइ समितिमा कार्ययोजना प्रस्तुत गरेका छन् । आज (सोमबार) बसेको समितिको बैठकमा उनले कार्ययोजना पेश गरेका हुन् ।

उनले नेपालीहरुको प्रमुख श्रम गन्तव्य मलेसिया रहेको उल्लेख गर्दै श्रम सम्झौता कार्यान्वयनमा ल्याउन कुटनीतिक हिसाबले पहल गर्ने उल्लेख गरेका छन् ।


त्यस्तै, नेपाल र मलेसियाबीचको कूटनीतिक सम्बन्ध, व्यापार सम्बन्ध, शिक्षा र प्रविधि सहयोग, पर्यटन र वैदेशिक लगानीका सम्भावनालगायतका विषय उनको कार्ययोजनामा समावेश छन् ।