मध्य प्रदेशमा ट्रकले अटो रिक्सालाई ठक्कर दिँदा सात जनाको मृत्यु



नयाँदिल्ली । भारतको मध्य प्रदेशको दमोह जिल्लामा मङ्गलबार साँझ ट्रकले अटोरिक्सालाई ठक्कर दिँदा सात जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् ।

जिल्लाको ‘देहट’ (ग्रामीण) प्रहरी चौकीको क्षेत्राधिकारमा पर्ने सामन्ना गाउँ नजिकै दुर्घटना भएको हो । घाइतेहरुलाई थप उपचारका लागि जबलपुर लगिएको एक प्रहरी अधिकारीले जानकारी दिए ।


‘दमोह जिल्लाको सामन्नामा १० जना बोकेको अटोरिक्सालाई ट्रकले ठक्कर दिँदा सात जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । प्राथमिक उपचारपछि घाइतेहरुलाई थप उपचारका लागि जबलपुर मेडिकल कलेज लगिएको छ’, दमोहका प्रहरी उपरीक्षक (एसपी) श्रुतकीर्ति सोमवंशीले भने ।

‘अहिलेसम्म हामी घटनास्थलमा ट्रक र अटोको ठक्करको निशान जाँच गरिरहेका छौँ । होसमा आएपछि घाइतेको बयान लिइने छ । त्यसपछि दुर्घटनाको कारण पत्ता लगाउन सक्नेछौँ । ट्रकको चालक हाम्रो हिरासतमा छ । यस विषयमा थप अनुसन्धान भइरहेको छ’, उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here