भारतका दिग्गज खेल प्रशासक रणधीर सिंह आइतबार नयाँदिल्लीमा ओलम्पिक काउन्सिल अफ एसियाको अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।
पाँच पटकका ओलम्पियन तथा निशानाबाज (सुटर) रहेका ७७ वर्षीय सिंहले सन् २०२४ देखि सन् २०२८ सम्म जिम्मेवारी सम्हाल्नेछन् ।
एसियामा शीर्ष खेलकुदको जागिर लिने पहिलो भारतीय सिंह ४५ मध्ये ४४ मतले निर्वाचित भएका छन् । अध्यक्ष, उपाध्यक्ष र पाँच कार्यसमिति सदस्य सबै निर्विरोध भएका छन् ।
नयाँ बोर्डका तर्फबाट सिंहले भने, “तपाईंले हामीलाई देखाउनुभएको माया र स्नेहका लागि हामी धेरै सम्मानित छौँ । तपाईंलाई हृदयदेखि नै धन्यवाद ।”
सिंह सन् २००१ र सन् २०१४ को बीचमा अन्तर्राष्ट्रिय ओलम्पिक समितिको सदस्य थिए । त्यसपछि उनी विश्व खेलकुद निकायको मानार्थ सदस्यका रूपमा रहे ।
एसियामा ‘ओलम्पिक काउन्सिल अफ एसिया’ खेलकुदको शासकीय निकाय हो ।