बेलायती प्रधानमन्त्रीले १५ वर्षमा पहिलोपटक ट्रेड युनियनलाई सम्बोधन गर्ने



लण्डन । बेलायतका प्रधानमन्त्री कीर स्टारमर विगत १५ वर्षमा बेलायतको ट्रेड युनियनको वार्षिक बैठकलाई सम्बोधन गर्ने पहिलो बेलायती प्रधानमन्त्री बन्ने भएका छन् ।

स्टारमरको लेबर पार्टी ऐतिहासिक रूपमा ट्रेड युनियन सङ्गठनहरूसँग सम्बद्ध रहेको छ । ट्रेड युनियन कङ्ग्रेस (टियुसी) ४८ सदस्य युनियनहरूको साझा निकाय हो । यसले २०औँ शताब्दीको सुरुमा लेबर पार्टीको स्थापना गर्न मद्दत गरेको थियो ।


प्रधानमन्त्री गोर्डन ब्राउनले सन् २००९ मा पछिल्लोपटक यसको सम्मेलनलाई सम्बोधन गरेका थिए । लेबर पार्टीले जारी गरेको विज्ञप्तीका अनुसार ६२ वर्षीया स्टारमरले ब्राइटनको समुद्री रिसोर्टमा टियुसीका प्रतिनिधिहरूलाई बेलायतको अर्थतन्त्र सुधारका लागि युनियन र व्यवसायीलाई एकसाथ ल्याउने पहल गर्न तयार रहेको बताइएको छ ।

वर्षौँदेखि चलिरहेको औद्योगिक अशान्ति र युनियन र सरकारबिचको तनावलाई अन्त्य गर्न पहल गरिरहेका प्रधानमन्त्री स्टारमरले भनेका थिए, ‘राजनीतिको सबैभन्दा कठिन शुत्र साझेदारी हो’, ‘मलाई थाहा छ कि पुराना तरिकामा स्पष्टता छ जस्तै व्यापारी विरुद्ध कामदार, व्यवस्थापन विरुद्ध सङ्घ, सार्वजनिक विरुद्ध निजी । तर यस्तो प्रकारको राजनीति बेलायती जनताले चाहँदैनन् ।’

टोरी शासनको समयमा बिग्रिएका देशको पूर्वाधार क्षेत्रलाई सुधार्ने वाचासहित लेबर पार्टी सत्तामा आएको थियो। यसले शिक्षक र डाक्टर जस्ता सार्वजनिक क्षेत्रका कामदारहरूका लागि तलब वृद्धि गर्ने घोषणा गरेको छ र रेललाई पुनः राष्ट्रियकरण गर्ने मार्ग प्रशस्त गर्न रेल चालकहरूसँग तलब सम्झौता गरेको छ ।

टियुसीले तलब सम्झौतालाई ‘पहिलो महत्त्वपूर्ण कदम’ का रूपमा स्वागत गरेको छ तर केही प्रमुख युनियन र नयाँ सरकारबीच पहिल्यै तनाव देखापरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here