बागमती सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित)



मकवानपुर । बागमती प्रदेश सरकारको न्यूनतम् साझा कार्यक्रम सार्वजनिक भएको छ । आज (आइतबार) प्रदेश सरकारको न्यूनतम् साझा कार्यक्रम सार्वजनिक गरिएको हो ।

मुख्यमन्त्री बहादुरसिंह लालमा, नेकपा (एमाले) प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया, आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्ले, आन्तरिक मामिला तथा योजना मन्त्री सुरजचन्द्र थपलियालगायतको उपस्थितिमा सरकारको न्यूनतम् साझा कार्यक्रम सार्वजनिक गरिएको थियो ।


न्यूनतम साझा कार्यक्रममा भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्न, भ्रष्टाचारप्रति शून्य सहनशीलता अपनाउने, संविधानमा आवश्यक संशोधन गर्न र कानुन निर्माण गर्न सङ्घीय सरकारलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिएको छ ।

त्यस्तै, सङ्घीयताको प्रभावकारी कार्यान्वयनका लागि सङ्घीय सरकारसँग कार्य विस्तृतीकरणको काम शीघ्र सम्पन्न गर्न सहकार्य र समन्वय गर्ने, प्रदेश नीति तथा योजना आयोग मातहत योजना बैङ्क स्थापना गर्ने, सम्भाव्यताको आधारमा ललितपुर महानगरलाई हस्तकलाको राजधानी घोषणा गर्नेलगायतका विषयहरु समावेश गरिएका छन् ।

https://drive.google.com/file/d/1iprmDuiY4ZTIeo5uQr57uPeHMIwTnNWN/preview

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here