बरियारपट्टीमा बेवारिसे शव फेला



गोलबजार । सिरहाको बरियारपट्टीमा एक पुरुषको शव फेला परेको छ । बरियारपट्टी गाउँपालिका–३ दशगजाभन्दा दुई सय मिटर उत्तर र सशस्त्र प्रहरी बलको वेशक्याम्पभन्दा दुई सय ५० मिटर पूर्व रहेको खेतको आलिमा बेवारिसे अवस्थामा शव फेला परेको हो ।

उक्त शव परीक्षणका लागि प्रादेशिक अस्पताल सिरहा पठाएको जिल्ला प्रहरी सिरहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक मुक्तिनाथ सापकोटाले जानकारी दिफ । उनले भने, “शवको सनाखत हुन सकेको छैन, घटनास्थलमा प्रहरी परिचालन भई घटनाबारे थप अनुसन्धान भइरहेको छ ।”