एजेन्सी । उत्तरी फ्रान्सको ले पोर्टेलको तटमा आप्रवासी बोकेको डुङ्गा पल्टिएको छ ।
अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार डुंगामा के कति मानिस सवार थिए भन्ने पत्ता लागेको छैन । फ्रान्सेली तटरक्षक बलका प्रवक्तालाई उद्धृत गर्दै रोयटर्सले धेरै जनाको अवस्था गम्भीर रहेको जनाएको छ । आप्रवासी बोकेको डुङ्गा पल्टिएपछि खोजी तथा उद्धार कार्य जारी रहेको बताइएको छ ।
तर एक अर्काे समाचारमा सो डुङ्गा पल्टिँदा पाँच जनाको मृत्यु भएको र अन्य धेरैजना गम्भीर घाइते भएका जनाइएको छ ।