प्रधानसेनापति सिग्देलद्वारा पदबहाली



काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलले सैनिक मुख्यालय जङ्गी अड्डामा पदबहाली गरेका छन् । यसअघि सैनिक परम्पराअनुसार नवनियुक्त प्रधान सेनापति महारथी सिग्देललाई जङ्गी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।

त्यसैगरी उनले सैनिक मञ्च टुँडिखेल र छाउनीस्थित वीर स्मारकमा श्रद्धान्जलि अर्पण गरेका थिए । विसं २०२३ माघ १९ गते रुपन्देहीमा जन्मिएका प्रधान सेनापति सिग्देल २०४३ सालमा अधिकृत क्याडेटको रूपमा सैनिक सेवामा प्रवेश गरेका थिए ।


गत साउन २५ गतेबाट उनले कायममुकायम प्रधान सेनापतिको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here