नौबिसे-नागढुङ्गा सडक अवरुद्ध



मलेखु (धादिङ) । त्रिभुवन राजपथ अन्तर्गत नौबिसे-नागढुङ्गा सडकखण्ड लेदो माटोले अवरुद्ध बनेको छ ।

यहाँको धुनिबेँसी नगरपालिका–९ सुरुङमार्ग नजिक सडकमाथिबाट खसेको लेदो माटोले सडक अवरुद्ध बनेको हो । निरन्तरको वर्षातसँगैको लेदोले सडक अवरुद्ध हुँदा सवारीसाधन रोकिएका छन् ।


काठमाडौँबाट पूर्व–पश्चिमका लागि छुटेका यात्रु बससहित सबै प्रकारका सवारी सडकमै रोकिएका हुन् । राजमार्गमा लेदो थुप्रिएकाले खुलाउन कठिन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरिक्षक सुरेश्र श्रेष्ठले जानकारी दिए । निरन्तर पानी परिरहेकोले लेदो पन्छाउन कठिनाइ भइरहेको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here