दुर्गा प्रसाईंलाई थप पाँच दिन थुनामा राख्न अदालतको अनुमति



काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप पाँच दिन थुनामा राख्न प्रहरीलाई अदालतले अनुमति दिएको छ । बुधबार जिल्ला अदालत काठमाडौंले प्रसाईंलाई थप पाँच दिन थुनामा राख्न अनुमति दिएको हो ।

गत आइतबार विद्युतीय अपराधको कसुरमा पक्राउ परेका प्रसाईंलाई अदालतले पहिलो पटक तीन दिन थुनामा राख्न अनुमति दिएको थियो ।


पहिलो म्याद सकिएपछि बुधबार प्रहरीले थप ७ दिन म्याद माग्दै अदालत लगेको थियो । एक महिलाले चरित्र हत्या गरेको भन्दै जाहेरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here