दुर्गा प्रसाईं अस्पताल भर्ना



काठमाडौं । रास्वपाकी केन्द्रीय सदस्य ज्वाला संग्रौलाको चरित्र हत्या गरेको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाई अस्पताल भर्ना भएका छन् । उनी आइतबार रातीनै वीर अस्पताल भर्ना भएका हुन् ।

भक्तपुरस्थित घरबाट आइतबार पक्राउ परेलगत्तै प्रहरीले प्रसाईंलाई अदालत हाजिर गराएको थियो । त्यसक्रममा अदालतले उनलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।


कम्तिमा तीन दिन हिरासतमा बस्नुपर्ने भएपछि उनी स्वास्थ्य जाँच गर्न भन्दै वीर अस्पताल पुगेका थिए । स्वास्थ्य जाँच गर्दा उच्च रक्तचाप र मुटुमा समस्या देखिएपछि उनी गएराती नै अस्पताल भर्र्ना भएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here