दुई महिनामा महानगरले गर्‍यो ११४ मन्दिर र ११ हिटीको सफाइ



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालने साहले चालु आर्थिक वर्षको दुई महिनामा ११४ वटा मन्दिर, १११ वटा हिटी, १० वटा कुवा र ६ वटा पोखरीको सफाइ भएको र ४ वटा हिटी पुनरुत्थान गरिएको बताएका छन् ।

सामाजिक संजालमार्फत सोमबार उनले सफाइसँगै मर्मत सम्भार, पुनर्निर्माण र पुनरुत्थानको काम नियमित भइरहेको उल्लेख गरेका हुन् ।


उनले भनेका छन्, ‘चालु आर्थिक वर्षको २ महिनाभित्र ११४ वटा सानाठूला मन्दिरको सरसफाइ भएको छ । गएको आर्थिक वर्षभरिमा ३३३ वटा सानाठूला मन्दिर सरसफाइ गरिएको थियो । महानगरपालिकाको स्वर्णिम योजना ‘सम्पदा मर्मत तथा संरक्षण’ कार्यक्रमअन्तर्गत मन्दिरहरूको सरसफाइ भएको हो ।’

सरसफाइ कार्यमा ४० जना अपाङ्गता भएका व्यक्तिहरू (बोल्न सुन्न नसक्ने) र ६० जना सिसडोलबासी रहेको उनको भनाइ छ । १० जना सबइञ्जिनियरलाई सुपरभाइजरले गराएको कामको सुपरीवेक्षण गर्ने जिम्मेवारी दिइएको उनले उल्लेख गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here