तोलामा दुई सय रुपैयाँले बढ्यो सुनको मूल्य



काठमाडौं। नेपाली बजारमा सुनको मूल्य बढेको छ। आज सुन तोलामा दुई सय रुपैयाँले बढेको हो।

यस अघि सोमबार १ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज एक लाख ५२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।


त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा १० रुपैयाँले बढेर १७६५ रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here