तरुण दलको संशोधित विधान सर्वसम्मतिले पारित



काठमाडौं । नेपाल तरुण दलको संशोधित विधान–२०८१ सर्वसम्मतिले पारित भएको छ । आईतबार बसेको तरुण दल केन्द्रीय समिति बैठकले संशोधित विधान सर्वसम्मतिले पारित गरेको हो । गत २०८० चैत १५ र १६ गते बसेको बैठकले पाचौं महाधिवेशन सम्पन्न गर्न संघीय संरचनाअनुरुप विधान संसोधन गर्ने निर्णय भएको थियो । सोही निर्णयअनुरुप अध्यक्ष विद्वान गुरुङलाई समिती निर्माण गर्ने अधिकार दिइएको थियो ।

अध्यक्ष गुरुङले केन्द्रीय सदस्यहरुमध्येबाट धनराज तुम्बापोलाई संयोजक ,सदस्यहरुमा मुना भुषाल ,कृष्ण रिजाल ,विवेक न्यौपाने ,लोकहरी पौडेल र कार्यलय मुख्य सचिव ठानप्रसाद पोख्रेल सदस्य सचिव रहने गरि विधान संसोधन मस्यौदा समिती गठन गरेका थिए ।


दुई दिने चलेको बैठकमा केन्द्रीय सदस्यहरुले राय सुझाव दिएका थिए । विधान मस्यौदा समितिको पदाधिकारीहरुले मस्यौदा तयार पार्दाको दौरान पाएको साथ र सहयोगको लागि सम्पुर्ण केन्द्रीय सदस्यहरुलार्इ धन्यवाद दिए ।

अध्यक्ष गुरुङले अब तरुण दल पाचौं महाधिवेशन उन्मुख भएको बताउदै विधान सर्वसम्मतिले पारित गरिदिएको प्रति आभार व्यक्त गरे । बैठकले रोल्पाका तत्कालीन रोल्पा नगर अध्यक्ष रोहित पुनलाई तरुण सहिद घोषणा गरेको छ । साथै, नेपाल सरकारसँग राष्ट्रिय सहिद घोषणा गर्न पहल गर्ने पनि निर्णय भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here