ट्रम्पद्वारा ह्यारिससँग दोस्रो प्रत्यक्ष बहसको प्रस्ताव अस्वीकार



वासिङटन । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बर ५ मा हुने अमेरिकी राष्ट्रपति चुनावका लागि आफ्नो प्रतिष्पर्धी वर्तमान उपराष्ट्रपति कमला ह्यारिससँगको दोस्रो प्रत्यक्ष बैठकको प्रस्ताव अस्वीकार गरेका छन् ।

उनले केही राज्यहरूमा पहिले नै प्रारम्भिक मतदान भइरहेको हुनाले बहसका लागि ‘धेरै ढिलो’ भइसकेको बताए ।


ट्रम्पले प्रस्ताव अस्वीकार गरेको अघिल्लो दिन ह्यारिसले अक्टोबर २३ को बहसका लागि प्रसारणकर्ता सिएनएनको निमन्त्रणा स्वीकार गरेको बताएकी थिइन् । यदि बहस भएमा सेप्टेम्बर १० मा भएको प्रत्यक्ष बहसपछि दुई प्रतिष्पर्धी उम्मेद्वारबीचको यो दोस्रो बहस हुनेछ ।

“अमेरिकी जनतासँग उपराष्ट्रपति कमला ह्यारिस र डोनाल्ड ट्रम्पको अर्को बहस हेर्न पाउने अधिकार छ,” ह्यारिसको चुनावी अभियानका अध्यक्ष जेन ओमाले डिलनले एक विज्ञप्तिमा भनेका छन् ।

“मलाई आशा छ ट्रम्प मसँग बहसमा सामेल हुन तयार हुनुहुनेछ,” ह्यारिसले सामाजिक सञ्जाल एक्समा पोस्ट गरेकी थिइन् ।

उत्तरी क्यारोलिनाको एक चुनावी र्यालीमा ट्रम्पले आफू बहसका लागि इच्छुक रहेको तर केही राज्यहरूमा प्रारम्भिक मतदान सुरु भइसकेकाले धेरै ढिला भइसकेको बताएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here