जुम्लामा आज सार्वजनिक बिदा



जुम्ला । जिल्लामा आज कर्णाली प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ । हरेक वर्ष असोज कृष्ण त्रयोदशीका दिन प्रदेशकै धार्मिकस्थल रहेको यहाँको चन्दननाथ र भैरवनाथ मन्दिरको लिंगो तान्ने दिन प्रदेश सरकारले जुम्लामा मात्र एक दिन सार्वजनिक बिदा दिएको हो ।

चन्दननाथ मन्दिरको लिंगो तान्ने दिनका अवसरमा कर्णाली प्रदेश सरकारले जुम्लामा सार्वजनिक बिदा दिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता उत्तम गौतमले जानकारी दिए । मन्त्रालयले विज्ञप्तिमार्फत असोज १४ गते चन्दननाथ मन्दिरको लिंगो बोक्ने मेला (असोज कृष्ण त्रयोदशी) का अवसरमा  बिदा दिने जनाएको छ ।


हरेक वर्ष असोज कृष्ण त्रयोदशीका दिन चन्दननाथ र भैरवनाथ मन्दिरमा लिंगो तान्ने गरिन्छ । यो मन्दिरमा बर्सेनि घटस्थापनाको दिनमा पुरानो लिंगो निकालेर नयाँ लिंगो खडा गर्ने चलन परापूर्व कालदेखि चलिआएको चन्दननाथ नगरपालिकाका स्थानीय बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here