जापानः निर्वाचन गर्ने तयारीमा एलडिपी नेता इसिबा



टोकियो । जापानका नव निर्वाचित लिबरल डेमोक्र्याटिक पार्टी (एलडिपी) नेता शिगेरु इसिबाले आगामी आर्थिक मन्दीको सम्बोधनका लागि अक्टोबर २७ का लागि आकस्मिक निर्वाचन गराउने तयारी रहेको बताएको स्थानीय सञ्चारमाध्यमले सोमबार जनाएका छन् ।

उनी अक्टोबर १ अर्थात् मङ्गलबार औपचारिक रूपमा जापानको प्रधानमन्त्रीको रूपमा नियुक्त हुनेछ । संसद्मा बहुमत रहेको एलडिपीबाट शुक्रबार पार्टी नेता चुनिएपछि उनी प्रधानमन्त्रीको लागि निर्विकल्प उम्मेदवार बनेको हो ।


इसिबाले अक्टोबर २७ मा हुने आम निर्वाचनअघि अक्टोबर ९ मा संसद विघटन गर्ने योजनालाई अन्तिम रूप दिइरहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

उनले एलडिपी नेतृत्वको दौडमा भाग लिने मन्त्रीमण्डलका पूर्व मुख्यमन्त्री कत्सुनोबु कातोलाई अर्थमन्त्रीको रूपमा नियुक्त गर्ने सम्भावना प्रवल रहेको जापानी सञ्चारमाध्यमले जनाएका छन् ।

नयाँ मन्त्रीमण्डलमा पूर्व रक्षामन्त्री जनरल नाकातानी पुरानै काममा फर्किनेछ भने अर्का पूर्व रक्षा मन्त्री ताकेसी इवाया विदेशमन्त्रीका रूपमा आउने सम्भावना छ ।

एनएलआई रिसर्च इन्स्टिच्युटका वरिष्ठ अर्थशास्त्री तारो साइतोले इसिबाले अहिलेसम्म जापानमा सार्वजनिक वित्त कसरी सुधार गर्ने भन्ने कुरामा ध्यान केन्द्रित गरेको बताएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here