चीनद्वारा सफलतापूर्वक ६ वटा नयाँ उपग्रह प्रक्षेपण



उत्तरी चीनको साङ्सी प्रान्तको ताइयुआन स्याटेलाइट प्रक्षेपण केन्द्रबाट शुक्रबार ६ वटा नयाँ उपग्रह अन्तरिक्षमा पठाएको छ ।

ती उपग्रहहरू ‘जिलिन–१ कुआन्फु ०२बी ०१–०६’ लङ मार्च–२ डी क्यारियर रकेटमा प्रक्षेपण गरिएको छ । उपग्रहहरू सफलतापूर्वक पूर्वनिर्धारित कक्षमा प्रवेश गरेको सिन्ह्वा समाचार एजेन्सीले जनाएको छ ।


‘जिलिन–१’ चीनको पहिलो स्व–विकसित व्यावसायिक रिमोट सेन्सिङ स्याटेलाइट प्रणाली हो । यो उपग्रहहरू चाङ गुआङ स्याटेलाइट टेक्नोलोजीद्वारा संचालित छन् ।
यसले प्रयोगकर्ताहरूलाई १५० किलोमिटर चौडाइ, ०.५ मिटर रिजोलुसनको स्याटेलाइट छविहरू प्रदान गर्नेछ ।

यो प्रक्षेपणले लङ मार्च क्यारियर रकेट शृङ्खलाको ५३६ औं उडान मिसनको प्रतीक हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here