चिनियाँ राजदूत र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता



काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत चेन सङले प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गरेका छन् । आइतबार सङ र प्रधानसेनापति सिग्देलबीचसैनिक मुख्यालय जंगी अड्डामा शिष्टाचार भेटघाट भएको हो ।

भेटमा दुईपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक मुख्यालयले जनाएको छ । यस किसिमको भेटघाटले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको जंगी अड्डाको भनाइ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here