गण्डकीमा एमालेका नवनियुक्त चार मन्त्रीले लिए शपथ



गण्डकी । केन्द्रमा नयाँ सरकार गठन भएको डेढ महिनापछि गण्डकी प्रदेश सरकारमा नेकपा एमाले सहभागी भएको छ । सोमबार नवनियुक्त चार जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

नेकपा एमालेका चार जना नवनियुक्त मन्त्रीले प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष सोमबार शपथ ग्रहण गरेका हुन् ।


एमालेकी पद्मा जिसीले कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री, कृष्णप्रसाद पाठकले स्वास्थ्यमन्त्री, मित्रलाल बस्यालले उद्योग तथा पर्यटनमन्त्री र प्रकाशबहादुर केसीले भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्रीको शपथ लिएका हुन् । सात वटा मन्त्रालय रहेकोमा दुई मन्त्रालय थपेर आइतबार ९ पुर्यााइएपछि एमाले सरकारमा सहभागी भएको हो ।

हालका भौतिक मन्त्री दीपक मनाङेलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ भने कांग्रेसका विन्दुकुमार थापा स्वास्थ्य मन्त्रालय टुक्रिएको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयमा यथावत छन् ।

कांग्रेसका टकराज गुरुङ आर्थिक मामिलामन्त्री, नेसपाका फणीन्द्र देवकोटा पनि उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयमा यथावत छन् ।