कोशीका मुख्यमन्त्री हिक्मत कार्कीलाई विश्वासको मत प्राप्त



विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका छन् । बुधबार कार्कीले विश्वासको मतका लागि प्रदेशसभा बैठकमा प्रस्ताव राखेका थिए । त्यसपछि भएको मतविभाजनमा प्रस्तावको पक्षमा ६६  र विपक्षमा १५ मत परेको थियो ।

मतदानमा ८३ सांसदले भाग लिएका थिए । नेकपा माओवादीको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि दोस्रोपटक विश्वासको मत लिएका हुन् ।


९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्छ । कांग्रेस एमालेले समर्थन गरेपछि कार्कीले ६६ मत प्राप्त गरेका हुन् । कोशीमा एमालेका ४० र कांग्रेसका २९ सदस्य रहेका छन् । यस्तै माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा (एकीकृत समाजवादी) का ४ र जसपाका १ सांसद छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here