कोशी प्रदेश सरकार विस्तारमा केही समय लाग्छ: मुख्यमन्त्री कार्की



विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् बिस्तार गर्न अझ केही दिन लाग्ने बताएका छन् ।   बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले तीज पछि मात्रै सरकार विस्तार हुने जानकारी दिए ।

उनले कांग्रेसलाई सरकार विस्तारको लागि गति बढाउन आग्रह गरे । मुख्यमन्त्री कार्कीले भने,“सरकार विस्तारमा जति ढिलाइ हुन्छ त्यति नै सरकारको काम कारबाहीमा असर पर्छ, जति चाँडो सरकार विस्तार हुन्छ त्यति सरकारले गति लिइ सरकार शासकीय सुधारतर्फ लाग्ने र विकासका योजनालाई तीव्र गतिमा अघि बढ्नेछ ।“