कुलेखानी ड्याम भरिन लाग्यो, तटीय क्षेत्र डुबानको जोखिममा, उच्च सतर्कतामा रहन अपिल



काठमाडौं । लगातारको वर्षाका कारण मकवानपुरस्थित कुलेखानी जलविद्युत आयोजनाको जलाशय (इन्द्रसरोबर ताल ) भरिने चरणमा पुगेको छ ।

यस्तै वर्षा थप ५ देखि ७ घण्टा रहिरहे ड्यामको ढोका खोल्नुपर्ने अवस्था आउने नेपाल विद्युत प्राधिरकण कुलेखानी प्रथम जलविद्युत केन्द्रले जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई पत्राचार गरेको छ ।


नेपाल विद्युत प्राधिरकण कुलेखानी प्रथम जलविद्युत केन्द्रले जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई पत्राचार गर्दै यस्तो जानकारी गराएको हो ।

केन्द्रले पत्राचार गर्दै भनेको छ, ‘अहिले भइरहेको अविरल वर्षाको कारण यस कुलेखानी जलविद्युत केन्द्रको ड्याममा पानीको सहत बढी हुन सक्नुका साथै चखेल, सिम, मुख्य ड्यामको ढोका खोल्न पर्न सक्ने हुनाले बागमती खोलाको बहान बढन् गई तटीय क्षेत्रमा कुनै पनि समयमा डुवानमा पर्ने सम्भावना रहेको व्यहोरा जानकारी गराउँदै त्यस क्षेत्रका स्थानीयलाई समयमै सुरक्षित रहन तथा उच्च सतर्कता अपनानउ आवश्यक जानकारी गराइदिन अनुरोध छ ।’

ड्याम केही घण्टामा भरिने अवस्था रहेकोले सचेत रहन गृह मन्त्रालयले पनि आग्रह गरेको छ । कुलेखानीको बाँधको सुरक्षालाई समेत मध्यनजर गरी ड्यामका ढोका खोल्नुपर्ने अवस्था सिर्जना हुनसक्ने देखिएकोले कुलेखानी बाँधदेखि तल सिस्नेरी हुँदै बागमती नदी किनाराका बस्तीहरूमा एक्कासि बाढी आउन सक्ने अवस्था देखिएको गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख डा।भीष्मकुमार भुसालले जनाएका छन् ।

कुलेखानीको क्षमताभन्दा बढी पानी भरिएर जोखिम भए बाँधको गेट पनि खोल्न पर्ने हुनसक्ने भएकाले तल्ला तटीय क्षेत्रमा सतर्कता अपनाउन राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here