काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा पुलिस च्याम्पियन



काठमाडौं । माल्दिभ्समा भएको काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि विभागीय टोली नेपाल पुलिस क्लबले जितेको छ । शनिबार राति भएको फाइनल खेलमा उज्वेकिस्तानको हुमो भलिबल क्लबलाई ३-० को सोझो सेटमा हराउँदै पुलिस च्याम्पियन बनेको हो ।

मालेमा भएको फाइनल खेलमा पुलिसले पहिलो सेट २५-१६ ले जित्दै खेलको शुरुवात गरेको थियो । यस्तै दोस्रो सेट २५-२२ र तेस्रो सेट २५-२३ ले जित्दै पुलिसले उपाधि हात पारेको थियो ।


यसअघि लिगचरणको खेलमापनि पुलिसले हुमोलाई ३-० को सोझो सेटमै हराएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here