एकैपटक १०० गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको पदस्थापन



काठमाडौँ । सरकारले एकसय वटा गाउँपालिकामा रिक्त प्रमुख प्रशासकीय अधिकृत पदमा कर्मचारीको पदस्थापन गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार एकैपटक प्रमुख प्रशासकीय अधिकृतसहित १०० जना शाखा अधिकृतहरूको जिम्मेवारी तोकेको हो । शाखा अधिकृतमा १०६ जना नियुक्त भएकोमा ३ जना अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् भने ३ जना स्वास्थ्य तथा पारिवारिक समस्याका कारण मन्त्रालयमा अतिरिक्त समूहमा राखिएको छ ।


मन्त्रालयका अनुसार १२३ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत रिक्त रहेकोमा १०० पठाइएको र रिक्त रहेका २३ गाउँपालिकामा पनि जतिसक्दो चाडै प्रमुख प्रशासकीय अधिकृत पठाउने तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here