ऊर्जा अन्वेषण अनुसन्धानका लागि चीनमा मौसम विज्ञान प्रयोगशाला स्थापना



चीनले ऊर्जा उद्योगका लागि उच्च गुणस्तरीय सेवा प्रदान गर्ने र ऊर्जा अन्वेषण मौसमसम्बन्धी अनुसन्धानको प्रयोगलाई सहज बनाउने प्रमुख खुला प्रयोगशाला सुरु गरेको छ ।

यो प्रयोगशाला चाइना मेटियोरोलोजिकल एडमिनिस्ट्रेशन (सीएमए) पब्लिक मेटियोरोलोजिकल सर्भिस सेन्टर, चाइना हुआनेङ ग्रुप कम्पनी लिमिटेड र चाइनिज एकेडेमी अफ साइन्सेज अन्तर्गत इन्स्टिच्युट अफ एटमोस्फेरिक फिजिक्सले संयुक्त रूपमा स्थापना गरेका हुन् ।


चाइनिज एकेडेमी अफ इन्जिनियरिङका प्राज्ञ शु यिन बियाओले भने,“यो प्रयोगशालाको स्थापना मौसम विज्ञान र ऊर्जा उद्योगबीचको घनिष्ठ सम्बन्धका कारण चीनमा नयाँ विद्युतीय प्रणालीको निर्माणलाई प्रवद्र्धधन गर्न कोसेढुङ्गा हो ।”
प्रयोगशालाले विद्युतीय तथा अन्य नयाँ ऊर्जा प्रणालीको निर्माणमा ध्यान केन्द्रित गर्ने निर्देशक शेन यान्बोले बताए ।