ईन्द्रजात्राको अक्षयकोष बढाउन पहल गर्छु : मन्त्री पाण्डे



काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ईन्द्रजात्रा अन्तर्राष्ट्रिय रूपमा स्थापित भइसकेको बताएका छन् ।

ईन्द्रजात्राको पूर्व तयारीका सन्दर्भमा आज सरोकारवाला निकायहरूसँग छलफल गर्दै मन्त्री पाण्डेले ईन्द्रजात्राको अक्षय कोषलाई पाँच करोडबाट बढाएर १५ करोडको बनाउन पहल गरिने विश्वास दिलाए । उनले ईन्द्रजात्रासँग सरोकारका विषयमा अन्तर मन्त्रालय र तीनवटै तहका सरकारसँग समन्वय गर्न मन्त्रालय तयार रहेको बताए ।


मन्त्री पाण्डेले जात्राको अवसरमा विगतमा देखिएका कमी कमजोरी सच्याएर भव्य र सभ्य रूपमा सफल पार्न आह्वान गरे । ईन्द्रजात्रा आगामी असोज १ गते मनाइने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here