इराकको कुर्द क्षेत्रमा ड्रोन आक्रमण, तीन जनाको मृत्यु



इराकको उत्तरी स्वायत्त कुर्द क्षेत्रमा बुधबार एउटा कारमा भएको ड्रोन आक्रमणमा तीन जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् ।

टर्कीएले ‘कुर्दिस्तान वर्कर्स पार्टी’का लडाकु विरुद्धको अभियानको रूपमा उत्तरी इराकमा पछिल्लो एक चौथाई शताब्दीदेखि दर्जनौँ सैन्य आधारहरू प्रतिस्थापन गरेको छ । पार्टीले सन् १९८४ देखि टर्कीएविरुद्ध विद्रोह गरिरहेको र यसका पश्चिमी सहयोगीहरूले यसलाई “आतङ्कवादी सङ्गठन” का रूपमा कालोसूचीमा राखेका छन् ।


“आज दिउँसो ड्रोनले डोकान–खालाकान सडकमा एउटा कारमा बम प्रहार गर्दा तीन जनाको मृत्यु भएको छ”, डोकानका जिल्ला गभर्नर सिरवान सरहदले भने । “कारमा सवार तीन जनाको शरीर जलेको छ । दुईजना कुर्दिस्तानको रान्या क्षेत्रमा बस्ने बाबु र छोराको रूपमा पहिचान गरिएको छ”, उनले थपे ।

बगदादको सङ्घीय सरकारले मार्चमा ‘कुर्दिस्तान वर्कर्स पार्टी’लाई प्रतिबन्ध लगाएको र गत महिना अकारासँग विद्रोही विरुद्धको लडाईमा संयुक्त प्रशिक्षण र कमाण्ड केन्द्रहरू स्थापना गर्ने उदेश्यले सैन्य सहयोग सम्झौतामा गरेको थियो ।

अगस्ट २३ मा कुर्दिश क्षेत्रका अधिकारीहरूले टर्कीएलाई दोष लगाएको ड्रोन आक्रमणमा कुर्दिस्तान वर्कर्स पार्टीद्वारा अनुदान प्राप्त काम गर्ने दुई महिला पत्रकारको मृत्यु भएको थियो ।